ब्लाष्ट टाइम्स । blast.com.np 


पुर्व

तीन जिल्लाका तीन ठूला दलद्वारा आन्दोलनको तयारी

इटहरी(ब्लाष्ट) सुनसरी मोरङ र झापालाई संघीय संरचनामा एक प्रदेश बनाउन माग गदैैै सुनसरीका तीन ठूला दलले आन्दोलनको तयारी गरेका छन्  । दलहरुको सहमतिमा पारित भएको ११ प्रदेशलाई कायम गर्दै त्यसभित्र सहमति भएको सुनसरी, मोरङ र झापालाई एक राज्य बनाउन पनि उनीहरुले माग गरे । सुनसरी, मोरङ र झापालाई अखण्ड राज्य नबनाए आपूmहरु जस्तोसुकै बलिदानी दिन तयार रहेको सुनसरीका तीन ठूला दलको चेतावनी छ ।
पुर्व सम्बन्धी अन्य समाचारहरु ‘लिम्बुवानलाई टुत्र्mयाइए आप्mनै सरकार घोषणा गर्छौं’ लिम्बुवानका लागि युवा दस्ता तयार पूर्ववत् हिन्दू राष्ट्रको माग

देश

सरकारले भारतीय राजदूतसग स्पष्टीकरण माग्यो

ललितपुर(ब्लाष्ट) वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एस.डी. मेहताले विभिन्न दलका स्थानीय नेताहरुलाई ‘मधेशमा आन्दोलनको आ“धी बेहरी ल्याउन’ उक्साएको बारे नेपाल सरकारले भारतीय राजदूत जयन्त प्रसादस“ग स्पष्टीकरण सोधेको छ । परराष्ट्र मन्त्रालयका सचिव दुर्गाप्रसाद भट्टराईले राजदूत प्रसादलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधेका हुन् । भारतीय राजदूतलाई बोलाएर वीरगञ्जमा मेहताले रात्रिभोज आयोजना गरी दलका नेताहरुलाई आन्दोलन गर्न उक्साएको भन्ने समाचारबारे गम्भीर चासो व्यक्त गरेको मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले जनाए । ’राष्ट्रिय तथा Ôेत्रीय अखण्डता, सार्वभौमसत्ता र सामाजिक सद्भावका आ“च आउने विÈयमा सरकार गम्भीर छ भने ध्यानाकर्Èण गराइएको छ’ थापाले भने । यस्ता घटनाले नेपाल भारतको मैत्री सम्बन्धमा आ“च आउन सक्ने भन्दै सचिव भट्टराईले भारतले आवश्यक छानविन गरी दोÈीमाथि कारवाही गर्नेमा नेपाल सरकार विश्वस्त रहेको बताए ।
देश सम्बन्धी अन्य समाचारहरु भारतले खुला हस्तÔेप गरेको प्रमुख तीन दलको ठहर 11 प्रदेशप्रति मधेश पनि असन्तुष्ट सरकार राष्ट्रिय सहमतिको स्वरुपमा

मनोरञ्जन

गुरुङ सोल्टीको परिचय फेरिंदै

गाउँमा फाट्टफुट्ट हुने स्टेज कार्यक्रममा उद्घोषकका रुपमा देखा पर्ने सुनसरी हाँसपोसाका नवीन गुरुङ अर्थात् गुरुङ सोल्टीको परिचय आजभोलि फेरिएको छ । प्रष्ट बोल्ने, स्रोता र दर्शकलाई मोहित बनाउन खप्पिस गुरुङ यतिबेला परिचय फेर्दैछन् । राष्ट्रिय कलाकारहरु पूर्व आउँदा एङ्करिङ गरेर दर्शकहरुलाई मनोरञ्जन दिने उनी आजभोलि भने आपैंm गीत गाउँछन्, लेख्छन् र संगीत पनि भर्छन् ।
मनोरञ्जन सम्बन्धी अन्य समाचारहरु फेसबुक र ट्वीटरबाट नेपाली चलचित्रमा लगानी फेसबुकमा इन्स्टाग्रामका फोटा केही रमाइला बुकमार्कहरु

सम्पादकीय

बन्धकमा राष्ट्रियता

नामाङ्कन र सीमाङ्कनलाई थाँती राख्ने निर्णय गर्दै राजनीतिक दलहरुले ल्याएको ११ प्रदशीय सङ्घीय राज्यको खाकाविरुद्ध आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायत् देशका विभिन्न सीमान्तकृत तथा राज्यबाट निरन्तर बहिष्कृत समुदायहरुले विरोधको घोषणा गरेका छन् । दलहरुले दलीय स्वार्थलाई हेरेर जातीय पहिचानलाई समाप्त गर्ने गरी ११ प्रदेशको पछिल्लो खाका ल्याएको आरोप लगाउँदै उनीहरुले अपूरो र अधूरो संविधान जारी गर्न नहुने जनाएका छन् तर दलका विचारधारानियन्त्रित सञ्चार माध्यमहरुले भने सङ्घीयताको गाँठो फुकेको भन्दै ‘गोयबल्स’ शैलीमा प्रचार अभियानलाई तीव्र पारेका छन् । जुन सहमतिले सबैलाई एकाकार गराउन सक्दैन वा शान्ति स्थापनाको सट्टा द्वन्द्वको सिर्जना गर्ने लक्षण देखाएको छ, त्यसलाई ‘गाँठो फुकेको’ भन्नु कहाँसम्म उचित हो भन्ने यी समुदायहरुको प्रश्न छ ।

भर्खरै प्रकाशित समाचारहरु

विचार

मनोरञ्जन

बालबालिका

साहित्य

स्वास्थ्य

विदेश

खेलकुद

ब्लाष्ट चौतारी

हाम्रो गाउँ

अन्तरवार्ता

पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।

advt dev rate list