| फुच्चे खेलाडीले हराए बंगलादेशलाई |
|
धरान / एन्फा एकेडेमीको अण्डर १६ टिमले बंगलादशेको एचएम र काम्रुजामुन श्रीतीसंसद फुटबल टिमलाई पराजित गरेको छ । यहाँ भइरहेको बुढासुब्बा फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा एन्फा एकेडमीले बंगलादेशी टिमलाई शून्यका विरुद्ध एक गोल गर्दै विजयी बनेको हो । एन्फाका लागि उत्तराद्र्धको १७ औं मिनेटमा स्ट्राइकर अम्बर डंगोलले गरेको गोल नै निर्णायक रह्यो । एन्फाका लागि कुशल श्रेष्ठले हानेको कर्नर किकमा सुलभ मास्केले दिएको हेडिङ पासलाई गुरुङले हेड गरी सानदार गोल गरेका हुन् । अत्यन्तै प्रतिस्पर्धात्मक र रोमााचक खेलमा बलिया र अग्ला बंगलादेशी खेलाडीले एन्फाको डिफेन्स लाइन पार गर्न नसक्दा पराजय व्यहोनुपर् यो । बंगलादेशी खेलाडी बललाई आपुनो नियन्त्रणमा राख्न सफल रहेपनि एन्फाका रक्षापंक्तिका खेलाडी मनोज विष्ट र गणेश थापाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेनन् । पटक-पटक पाएको मौकासमेत एन्फाका गोलरक्षक लक्ष्मण थापाले विफल पारिदिएका थिए । एन्फाका खेलाडी बंगलादेशी खेलाडीको तुलनामा कम उमेरका र होंचो कदका भएपनि आपसी तालमेल र छिटो खेलका कारण उनीहरु विजय सुनिश्चित गर्न सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच एन्फाका अम्बर डंगोल घोषित भए । एन्फाका प्रशिक्षक सुनिल श्रेष्ठले आपुना खेलाडीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर दाबेदारका रुपमा आपुनो टिमलाई उभ्याएको प्रतिकि्रया दिनुभयो । जीतप्रति खुशी प्रकट गर्दै उहाँले भन्नुभयो ुबलिया र अग्ला सिनियर बंगलादेशी खेलाडीलाई हराउन हाम्रा खेलाडी सफल भए यहाँभन्दा खुशीको क्षण मेरालागि के हुन्छ र' अण्डर १६ टिम नयाँ भएको र यो जीत पहिलो भएको पनि उहाँले जनाउनुभयो । आपुना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपनि ुफिनिसिङु भने चित्तबुभुदो नरहेको उहाँको भनाइ थियो । पराजित टिमका प्रशिक्षक रियाद मोहम्मदले आपुना खेलाडी अनिदो र थकित भएका कारण पराजय व्यहोर्नुपरेको बताउनुभयो । काठमाडौंबाट बसमा आइतबार बिहान ९ बजे आपुना खेलाडी आएको उहाँले जानकारी दिनुभयो । एन्फाका जुनियर खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको उहाँको भनाइ थियो । खेलको अन्तिम समयमा आपुना खेलाडीले गोल गर्ने अवसर पाएपनि किपरले ुचिटिङु गरेको र रेप्रुीले त्यसलाई फल देखाइदिँँदा पराजित हुनुपरेको उहाँले जनाउनुभयो । सोमबारको खेल नेपाल पुलिस क्लब र काठमाडौको हिमालयन शेर्पा क्लबंबीच हुनेछ । काठमाडौंको एनआरटी क्लबंले अन्तिम समयमा प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएपछि हिमालयन शेर्पालाई सहभागी गराइएको आयोजकले जनाएको छ । |