प्राधिकरणमा ताला
विराटनगर /  विद्युत् आपूर्तिको माग गर्दै उद्योगी र मजदुरहरुले यहाँस्थित नेपाल विद्युत् प्राधिकरणको पूर्वााचल क्षेत्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । उद्योगी-मजदुरले आइतबार प्राधिकरणको मूल गेटमा ताला लगाएका हुन् । तालाबन्दीले प्राधिकरणको सम्पूर्ण काम प्रभावित भएको छ । मोरङ उद्योग संगठनका अध्यक्ष दिनेश गोल्छाको नेतृत्वमा गएको उद्योगपति र मजदुरहरु सम्मिलित टोलीले तालाबन्दी गरेको हो । समितिले उद्योगमा नियमित विद्युत् उपलब्ध गराउनुपर्ने डिमाण्ड शुल्क खारेज गर्नुपर्नेलगायतका माग अघि सारेको छ ।
विस्तृतमा..
 
लोडसेडिङविरुद्ध धर्ना
इटहरी /  लोडसेडिङ अन्त्य र उद्योगहरुसँग उठाइँदै आएको डिमाण्ड शुल्क खारेज गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलनरत सुनसरी-मोरङ्गका उद्योगी व्यवसायीले विहीबार दोस्रो चरणको आन्दोलन थालेका छन् । सुनसरी-मोरङका उद्योगीहरुको औद्योगिक समस्या न्यूनीकरण संयुक्त समितिले नेपाल विद्युत् प्राधिकरणको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरी धर्ना दिएका छन् । सरकारी उदासिनताले औद्योगिक क्षेत्र धराशायी भएको भन्दै व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन थालेका हुन् । सरकारले पहिलो चरणको आन्दोलनलाई सम्बोधन नगरेकोले दोस्रो चरणको आन्दोलन थालिएको समितिका संयोजक दिनेश गोल्छाले जानकारी दिनुभयो ।
विस्तृतमा..
 
एलपी ग्याँसको विकि्र बन्द गरिने
धरान / एलपी ग्याँस उद्योग तथा ग्याँस बित्रेुता महासंघका प्रतिनिधिहरुले बजारको मागअनुरुप ग्याँसको आयात हुन नसकेकोमा बिहीबारदेखि ग्याँसको आयात तथा बिक्री पूर्णरुपमा बन्द गरिने बताएका छन् । उद्योग तथा महासंघले बुधबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी एलपी ग्याँसको आयातमा नेपाल आयल निगम तथा सम्बन्धित मन्त्रालयको गैरजिम्मेवारीप्रति आपत्ति प्रकट गरेका छन् ।
विस्तृतमा..
 
उवासंघमा शाक्य विजयी
धरान  / उद्योग वाणिज्य संघ सुनसरीको अध्यक्ष पदमा मोहनकाजी शाक्य निर्वाचित हुनु भएको छ ।
सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका अर्का उमेद्वार राजेन्द्र शाहलाई ३२ मतको अन्तरले पराजित गर्दै शाक्यले तीन वर्षे कार्यकालको लागि संघको निर्वाचनमा विजयी हासिल गर्नु भएको हो । कुल खसेको ७३४ मत मध्ये शाक्यको पक्षमा ३७० मत आएको थियो भने शाहको पक्षमा ३३८ मत प्राप्त भएको निर्वाचन उपसमितिले जनाएको छ ।
विस्तृतमा..
 
कृषि उत्पादनका लागि विशेष योजना
इटहरी / उच्च कृषि उत्पादन हुने सुनसरीका २४ गाविसमा विशेष कृषि उत्पादन तथा बजार व्यवस्थापन कार्ययोजना लागू गरिने भएको छ । कृषि उत्पादनमा पूर्वााचलकै पकेट क्षेत्रका रुपमा रहेका ती गाविसमा उन्नत किसिमको कृषि उत्पादन गर्ने तयारी गरिएको छ । उत्पादित कृषि उपजको लागि व्यवस्थित बजारको निर्माण समेत गरिने इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुकदेव मेहताले जानकारी दिनुभयो । कोशीको तटबन्ध भत्किएर बगरमा परिणत भएको जमिनमा पनि खेती गर्ने तयारी भइरहेको छ ।योजना लागू गर्न सुनसरी मोरङ र सप्तरीका ६ वटा उद्योग वाणिज्य संघको सकि्रयतामा समिति गठन गरिएको छ । समितिमा सुनसरीका इनरुवा इटहरी तथा धरानको सुनसरी उद्योग वाणिज्य संघ मोरङ उद्योग संगठन मोरङ व्यापार संघ र सप्तरी उद्योग वाणिज्य संघ छन् । उद्योग वाणिज्य महासंघ तथा सुनसरी जिल्ला विकास समिति सल्लाहकारका रुपमा छन् ।
विस्तृतमा..
 
८ करोड को टमाटर जिल्लाबाहिर निकासी
  •  सन्तवीर लामा
धनकुटा /  जिल्लाको बेलाहरास्थित च्याङच्याङबारी रुद्रबारी र गुठीटारका तरकारी संकलन केन्द्रहरुबाट गत चार महिनामा ८ करोड रुपैयाँभन्दा बढीको टमाटर जिल्लाबाहिर निकासी भएको छ । यी क्षेत्रमा केही वर्ष अघिदेखि बेमौसमी तरकारी खेतीको रुपमा टमाटर खेती विकसित हुँदै गएको छ । जिल्लाका बेलहरा खोकू छिन्ताङ आँखिसल्लाका कृषकले व्यावसायिकरुपमै टमाटर खेती गर्न थालेपछि टमाटर निकासी हुन थालेको हो । जिल्लामा व्यावसायिकरुपमा एक सय १० हेक्टरमा मौसमी र एक सय ४५ हेक्टर क्षेत्रफलमा बेमौसमी टमाटर खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाकै सबैभन्दा बढी टमाटर उत्पादन हुने बेलहरास्थित संकलन केन्द्रबाट मात्र यस वर्षको चार महिनाको अवधिमा एक सय ५० टनभन्दा बढी टमाटर जिल्लाबाहिर खपत भएको छ ।
विस्तृतमा..
 
<< Start < Prev 1 2 3 4 5 6 Next > End >>

Page 1 of 6

Design by Anish Bhattarai