चार व्यक्तिमा बर्डपुलुको आशङ्का
झापा /  जिल्लाको महेशपुर-५ स्थित केबीसी इँटाभट्टामा कार्यरत चार मजदुरलाई बर्डÏलु लागेको आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनीहरुमा एकैसाथ देखापरेको रोग बर्डÏलु संक्रमणको लक्षणसँग मिल्दो पाइएकाले आइतबार राति मेची अाचल अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौंबाट रेपिड रेस्पोन्स टिम आउन ढिलाई भएपछि थप उपचारका लागि सोमबार बिहान धरानतर्पु पठाइएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो । भारतीय मूलका एकै परिवारका भीम रतन सहदेव र लखन रायलाई बान्ता आउने छाती दुख्ने रुघा ज्वरोजस्ता लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरु बर्डÏलु संक्रमित क्षेत्र भारतको पश्चिम बंगालबाट आएका हुनाले पनि बर्डÏलुको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।
 

Design by Anish Bhattarai