एकु घिमिरे जीवन र जगत्लाई व्याख्या गर्ने क्रममा देखिएका विभिन्न वाद चिन्तन र विचारहरुमध्ये नयाँ र फरक विचार लिएर हङ्कङमा बस्ने नेपाली चेली दीपा एवाई राई ुअर्धवृत्तु कविता सङ्ग्रहका साथ उभिएकी छिन् । दीपाको यो नयाँ चिन्तनलाई नेपाली समालोचकहरुले ुसमुच्य विचारु नामाकरण गरेका छन् ।सङ्ग्रहमा जम्मा १६ कविता छन् जुन पूर्णतयाः नारी समानताका पक्षमा छन् । नारीका पक्षमा यसअघिका थुप्रै सर्जकले पनि लेखिसकेका हुन् तर दीपाको विचार स्वतन्त्रताको बाटो अरुको भन्दा पृथक छ । यसअघि सबैले द्रौपदीलाई नङ्ग्याउन खोज्दा लामो कपडा उपहार दिने कृष्णका पक्षमा लेखेका छन् । धन्न कृष्णले ुद्रौपदीु मार्पुत् सम्पूर्ण चेलीहरुको इज्जत बचाइदिए भन्ने आम दृष्टिकोण छ । तर दीपा ुनाङ्गी द्रौपदीु शीर्षक कवितामा यसरी आक्रोश पोख्छिन्ः |
|
विस्तृतमा..
|
धरान / अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली हेयर स्टालिष्ट निल डेभिड कटुवाल आफ्नो शाखा विस्तारको क्रममा फेसन नगरी धरानमा आएका छन् । आइतबार चर्चित नायक निखिल उप्रेती नायिका पूजना प्रधान गायकद्वय सुमित खड्का र प्रकाश पौडेल तथा राष्ट्रिय कि्रकेट खेलाडी मनोज कटुवालले संयुक्तरुपमा धरान-५ महेन्द्रपथस्थित निल डेभिड हेयर सैलुन एण्ड एकेडेमी केक काटेर उद्घाटन गरेका थिए । उद्घाटनअघि नै व्यापक प्रचारप्रसार गरिएकोले शैलुनमा फेसनप्रति लगाव राख्ने युवायुवतीहरुको भीड देखिन्थ्यो । भीड देखेर उत्साहित हेयर स्टायलिष्ट डेभिड आÏनो धरानप्रतिको सानैदेखिको लगाव र यहाँका युवायुवती मात्रै नभएर पाकाहरुको पनि फेसनप्रति अत्याधिक लगाव रहेकोले धरानमा सैलुन खोल्ने चाहना सुरुदेखि नै रहेकोमा आज आएर पूरा भएको बताउनुभयो । काठमाडौंको आपुनो सैलुनमा ४० प्रतिशत ग्राहक धराने पाएकोले पनि धरानमा सैलुन खोलेको डेभिडले बताए । |
|
विस्तृतमा..
|
|
बेल्जियममा भानु जयन्ती सम्पन्न |
|
बेल्जियम /अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको ल्यूभेन सहरमा १२ जुलाईका दिन आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्ती समारोह भब्य साहित्यिक कार्यक्रमका साथ मनाईयो । नेपाली दुतावास बेल्जियमका राजदुत प्रमेश कुमार हमालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बेल्जियममा रहनु भएका कवि तथा कवयित्रीहरुले भानुभक्त सम्बन्धी तथा समसामयिक विषयका आआफ्ना कविता, गीत, गजल तथा हाइकु प्रस्तुत गर्नु भएको थियो । |
|
विस्तृतमा..
|
मलाइ थाहा छ तपाइहरु कथा पढ्ने तरखरमा हुनुहुन्छ । तर यो कथा होइन । सूर्यबाट खसेको समयको टुक्रा हो यो जहाँ रातको मात्र होइन दिनको अनुहारमा पनि कालो पोतिएको छ । त्यही कालो समयलाइ प्रकाशमा ल्याउन यहाँ कथा नाम दिइएको छ उज्यालोका कथित ठेकेदारहरुलाइ झुक्याउन ।कथा कहिले सुरु भयो त्यो अहिले पनि रहस्यकै गर्भमा छ । विद्वान््हरु भन्छन्् यो कथा वैदिक कालदेखि नै सुरु भएको हो । तर आज लोकतान्त्रिक युगको कथा सुनाउँद्छु जहाँ मानवअधिकार मात्र होइन महिला अधिकारका रक्षकहरु पनि बग्रेल्ती छन् । अब कथा सुरु गरौं ।
|
|
विस्तृतमा..
|
|
पूर्वााचल आइडलको कोशी अाचलस्तरीय प्रतिस्पर्धा सम्पन्न |
|
धरान /पूर्वााचल आईडल-२ को कोशी अाचलस्तरीय प्रतिष्पर्धा धरानमा सम्पन्न भएको छ । प्रतिस्पर्धाबाट २० जना प्रतियोगी सेमिफाइनलको लागि छनौट भएका छन् । १ सय १३ जनालाई पछि पार्दै रोशन थापा दीपक बराइली पुष्प किराती राजु चोङवाङ भूपेन राई मिाजल ताम्राकार जितु राई विजय राई छनौट भएका छन् । |
|
विस्तृतमा..
|
रौदिया राम्ररी ननिदाएको चार-पाँच रात भइसकेको थियो । आज पनि ऊ आधा रातमै ब्युँझियो । त्यसपछि उसले निदाउने प्रयास धेरै गर्यो । तर निद्रा उसको आँखाको छेउसम्म पनि आएन । ऊ जुरुक्क उठेर बस्यो । बौकीके बाउ तोरो निन्द नै येलौ १ रासोवतीले मलिन स्वरमा सोधी । जेठी छोरीलाई उनीहरु माया गरेर बौकी भन्थे । ुतँ पनि त निदाकी रैनछस् नि रौदियाले रासोवतीको प्रश्नको जवाफमा प्रश्न नै गर्यो । ऊसँग कुनै जवाफ पनि त थिएन । ुहम माई छियै ओकर केना सुक सकबै रासोवतीले रोदन मिश्रित आवाजमा भनी । रौदियाले सिरानीमा राखेको सलाई खोजेर डिबिया बाल्यो । डिबियाको उज्यालोमा उसले दॆख्यो-हरिया उसकै छेउमा पल्टिएको थियो । हरियाको छेउमा रासोवती लडेकी थिई । डिबियाको धिपधिपे मधुरो प्रकाशमा रासोवतीका भिजेका निश्चल आँखा स्पष्टसँग देख्यो । रौदियाले लामो शुष्केरा छोड्यो । मन त उसको पनि कहाँ स्थिर थियो र उसले हरियाको निधार छाम्यो ज्वरो कम भएको थिएन । हरियालाई हनहनी ज्वरो आएको एक हप्ता भइसकेको थियो । रौदियाले सुनेको थियो-धेरै दिनसम्म ज्वरो निको नभएमा निमोनिया हुनसक्छ । यसले त ज्यान पनि जान सक्छ रे † सम्झिएर रौदिया अत्तालियो । तर हरियाको ज्वरो निको पार्ने कुनै उपाय ऊसँग थिएन ।
|
|
विस्तृतमा..
|
|
|
|
|
<< Start < Prev 1 2 Next > End >>
|
|
Page 1 of 2 |