सरकारसँग पूर्व राजा ज्ञानेन्द्रको साँठगाँठको आरोप
काठमाडौं । नेकपा माओवादीका पोलिटब्युरो सदस्य जर्नादन शर्मा प्रभाकरले वर्तमान सरकारको पूर्व राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ रहेको आरोप लगाउनुभएको छ । ुयो सरकारको ज्ञानेन्द्र शाहसँग साँठगाँठ छु पूर्व शान्ति तथा पुर्ननिर्माणमन्त्री समेत रहनुभएका नेता प्रभाकरले भन्नुभयोु ुसरकार बनेपछि ज्ञानेन्द्रको सकि्रयता बढेको छ ।ु शाहले मनाएको जन्मदिन उल्लेख गर्दै राजतन्त्र ढलेपछि पनि राजाकै शैलीमा तामझाम देखाउनुले आशंकाहरु बढाएको उहाँको जिकिर छ । प्रभाकरले सरकारको नीति तथा कार्यक्रम ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेर ल्याइएको आरोप लगाउनुभयो ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सरकार शान्ति प्रकि्रया अवरुद्ध गर्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । सरकारका गतिविधिहरु शान्ति विरोधी रहेको आरोप लगाउदै प्रभाकरले भन्नुभयो ुशान्ति प्रकि्रया अवरुद्ध गर्न विदेशी इशारामा सरकार बनेको हो ।ु सरकारमा जनविश्वास नरहेको भन्दै उहाँले देशलाई उल्टो गतिमा लाने धृष्टता भइरहेको आरोप लगाउनुभयो । सरकारको नीति तथा कार्यक्रम छनदविहिन कविताजस्तै भएको टिप्पणी गर्दै प्रभाकरले सरकारको कार्यक्रमलाई जनताले नपत्याउने तर्क गर्नुभयो ।
नेकपा एमालेका सचिव युवराज ज्ञवालीले सरकारमाथि जथाभावी आरोप लगाएर माओवादीले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । माओवादी भर्खरमात्र लोकतान्त्रिक प्रणालीमा आएको बताउदै ज्ञवालीले भन्नुभयो ुमाओवादीमा अलोकतान्त्रिक चरित्र हावी छ विस्तारै ठिक ठाउँमा आउँछ ।ु सरकारको पूर्व राजासँग साँठगाँठ रहेको भन्ने आरोपबारे सोधिएको प्रश्नमा उहाँले माओवादी झूटा आरोप लगाउन सिपालु भएको बताउनुभयो ।
 

Design by Anish Bhattarai