स्वैच्छिक अवकाश लिएपछि अठार गाविस सचिवविहीन
फिक्कल / स्वैच्छिाक अवकाशको सुविधा लिएपछि इलामका १८ गाविस सचिवविहीन भएका छन् ।
जिविसका योजना अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार जिल्लाका सुलुबुङ सुम्बेक जोगमाई नामसालिङ्ग सोमाङ्ग प्याङ्गलगायत १८ गाविसका सचिवले शैक्षिक अवकाश लिएका थिए ।
रिक्त रहेका गाविसमा अन्य गाविसका सचिवलाई जिम्मेवारी दिए पनि काम गर्न कठिनाइ भएको सचिव लीला बिष्टले बताउनुभयो ।
एउटै सचिवले तीन÷चार वटा गाविसको जिम्मेवारी लिँदा सम्बन्धित क्षेत्रको काममा बाधा पुगेको सचिवहरुले बताएका छन् ।
सचिवहरुले अवकाश लिएपछि सर्वसाधारणले जन्म मृत्यु बसाइसराई सिफारिसलगायत पन्जीकरणका काम गर्न सदरमुकाम धाउनुपर्ने भएको छ ।

 

Design by Anish Bhattarai