जमिम शाहको हत्या
धरान /  अपरिचित समूहले आइतबार दिउँसो गोली प्रहार गरी स्पेश टाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या गरेको छ ।
स्पेश टाइम नेटवर्क र च्यानल नेपालका अध्यक्ष उनलाई राजधानीको लाजिम्पाटमा दुईजना अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए । टाउको र छातीमा गोली लागेका शाहलाई शिक्षण अस्पताल पुर् याइए पनि अस्पताल पुर् याउनुअघि नै उनको मृत्यु भएको थियो । अस्पतालले पौने ४ बजे मृत घोषणा गरेको थियो । गोली लागेर घाइते भएका उनका चालक सामाखुशीका मथुरामान मालाकारको उपचार भइरहेको छ । उनको तिघ्रामा गोली लागे पनि स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । बा। १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका कालो कपडा लगाएका अपरिचित व्यक्तिले बा।१ च २१५१ नं। को शाहको निजी कारको झ्यालतिरको सिसाबाट अन्धाधुन्द गोली हानेको प्रहरीले जनाएको छ ।
केबल टीभी एसोसिएसन पूर्वााचल क्षेत्रीय समितिले घटनाको भत्स्रना गरेको छ । समितिले घटनाको यथाशीघ्र छानविन गरी अपराधीमाथि कानुनबमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग पनि गरेको छ ।
 

Design by Anish Bhattarai