गुण्डागर्दी र लुटपाट विरुद्ध प्रहरी अप्रेसन
धरान /  गुण्डागर्दी र लुटपाटले असुरक्षा बढेको भन्दै सर्वसाधारणको गुनासो बढेपछि यहाँँस्थित अाचल प्रहरी कार्यालयले ुअप्रेसनु थाल्ने भएको छ । त्यसका लागि प्रहरीले गोप्यरुपमा तयारी गरिरहेको छ । अप्रेसनका लागि अाचल प्रहरीले सई किरण गुरुङको नेतृत्वमा सूचना संकलन टोली गठन गरेको छ । कोशी अाचलमा धरानबाटै अप्रेसन थाल्ने तयारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । आपराधिक गतिविधि र गुण्डागर्दीमा संलग्नहरुको गोप्यरुपमा सूचना संकलन र सूची तयार गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।
अनधिकृतरुपमा हातहतियारको प्रयोग गर्ने हतियार र लागूऔषधको कारोबार गर्ने चन्दा असुल्ने र विभिन्न समूहका नाममा धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्नहरुको सूची तयार पार्ने काम भइरहेको स्रोतले जनाएको छ । पछिल्लो समयमा धरानमा विभिन्न समूहका नाममा कानुन हातमा लिएर जबर्जस्ती रकम असुल्ने काम भइरहेको सूचना आएको प्रहरीले जनाएको छ । ुधरानमा झण्डै एक दर्जन समूह आपराधिक कि्रयाकलाप र गुण्डागर्दीमा संलग्न रहेको सूचना आएको छ । समूह बनाएर कानुन हातमा लिई धम्की दिने पैसा असुल्ने र गैरकानुनी काम गर्नेहरु र ती समूहका नाइकेको पहिचान गर्ने काम भइरहेको छु एक प्रहरी अधिकारीले बताए ।
व्यवसायी र ठेकेदारहरुबाट जबर्जस्ती पैसा असुल्ने काम भइरहेको स्रोतको भनाइ छ । यस्तो कार्यमा झण्डै एक दर्जन समूह संलग्न रहेको र ती समूहले नै मुद्दा र विवादित विषय पत्ता लगाई जबर्जस्ती मिलापत्र गराएर रकम असुल्ने गरेको स्रोतको दावी छ । प्रत्येक समूहमा २५ देखि ५० जनासम्म संलग्न रहेको प्रहरीले अनुमान गरेको छ । स्रोतका अनुसार केही समयअघि धरानमै सकि्रय एक समूहले संखुवासभाका निर्माण व्यवसायीलाई अपहरण गरी धरान-७ को एक होटलमा राखेर मोटो रकम असुलेको थियो । सोही समूहले धरान-१४ विजयपुरका एक व्यक्तिसँग जग्गा बिक्रीवापत् ५ प्रतिशत रकम माग गरेको छ । जग्गाको कारोबार गर्नेहरुसँग त्यसरी रकम माग्ने काम भइरहेको कारोबारमा संलग्न व्यवसायीहरुले जानकारी दिएका छन् । उनीहरुले त्रासका कारण पत्रिकामा नामसमेत उल्लेख नगर्न आग्रह गरेका छन् ।
यस्तै बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेर आन्दोलन गरिरहेको समयमा सुरक्षा व्यवस्था मिलाउन गठित समितिका सुझावप्रति असमति जनाउनेहरुले समितिका पदाधिकारीलाई घरमै गएर धम्की दिएका थिए । प्रहरीले त्यसरी धम्क्याउनेहरुलाई समेत कारवाहीको सूचीमा राखेको स्रोतले बताएको छ ।
धरानमा सकि्रय समूहले नै पूर्वका विभिन्न ठाउँका ठेक्कापट्टाका काममा संलग्न हुने र ठेकेदारहरुबाट जबर्जस्ती रकम असुल्ने गरेको स्रोतले जनाएको छ । विवादित विषय र मुद्दा-मामिलामा हस्तक्षेप गरेर जबर्जस्ती मिलापत्रको कागजमा हस्ताक्षर गराएर रकम असुल्ने कार्यमा संलग्न धराने समूहले पछिल्लो समयमा तरहरा इटहरी इनरुवा पाँचकन्या झुम्का बक्लौरी महेन्द्रनगर र भरौललगायतका ठाउँमा समेत पुगेर यस्ता कि्रयाकलाप गरिरहेको सूचना प्राप्त भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनीहरुको सूची तयार भइसकेपछि उनीहरु विगतका आपराधिक कि्रयाकलापमा संलग्न रहेको पाइए पुरानैै मुद्दा उल्टाएर कारवाही गर्ने र पुराना मुद्दा नभए सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाही गरिनेछ । अप्रेसनमा लागि आवश्यक सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको र सादा पोशाकमा थप प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । कारवाहीका क्रममा राजनीतिक दवाब आउन नदिन राजनीतिक दल र संगठनका नेता उद्योगी-व्यवसायी नागरिक समाजका अगुवाहरुको सहयोगमा अप्रेसन अघि बढाउने रणनीति बनाइएको स्रोतले जनाएको छ ।
अाचल प्रहरी प्रमुख एसएसपी मिङमार लामाले असुरक्षा बढेको व्यापक गुनासो आएकाले शान्ति-सुरक्षा कायम गर्न विशेष योजना बनाएर अघि बढ्ने तयारी भएको जानकारी दिनुभयो । आपराधिक गतिविधि र गुण्डागर्दीमा संलग्नका विषयमा सूचना दिएर सहयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ुनिश्चित भई सूचना दिएर सहयोग गर्नुहोस् सूचना दिने व्यक्तिको नाम गोप्य राख्नेछौं । आवश्यक परे सूचना दिने व्यक्तिको सुरक्षाको व्यवस्थासमेत मिलाउँछौं ।ु प्रहरी अप्रेसनको तयारीबारे भने उहाँले केही पनि बताउन चाहनुभएन । उहाँले शान्ति-सुरक्षा बहाली गर्न नयाँ ढंगले अघि बढ्ने तयारी भइरहेको भने बताउनुभयो ।
 

Design by Anish Bhattarai