युद्ध होइन शान्ति र संविधान आवश्यक
  • राजेन्द्र किराती
झण्डै विगत पाूच वर्षदेखि जारी शान्ती प्रक्रीया यतीखेर चरम मुठभेडको दिशातर्फ गईरहेकोछ । शान्तीपूर्ण र समुन्नत नयाू नेपाल निर्माणको खातीर नयाू जनमुखी संविधान नलेखि सुख छैन । तर नेपाली जनताको अग्रगामी मर्म र भावना विपरित भारतको राजधानी नयाू दिल्लीमा हिन्दी भाषामा लेखिएको संविधानलाई नेपालीमा अनुवाद गरी जवरजस्ती लादीने संभावना वढेर गएकोछ । सफा र स्वच्छ आकाशमुनी वाूच्न चाहने स्वाभिमानी नेपाली जनताहरुमाथि कालो वादल मडारीन थालेकोछ । र उनीहरुले यस्तो अनुभुत गरीरहेकाछन की नीकट भविष्यमानै ठूलो हुरीवतास र आूधी तुफान सहितको वर्षा हुनगईरहेकोछ । वर्षा पछि आउने वाढीपहिरोले सवैलाई वगाउनेडुवाउने र लतारेर पाखा लगाउने कुरा साूचो होजुन कुनैपनि नेपाली जनता कल्पनासम्म गर्न चाूहदैनन ।
पछिल्लो राजनीतिक घटनाक्रमहरु हेर्दा मूलुकको सामु अव शान्ती र संविधान भन्दा पनि भिषण युद्धको दिशातर्फ गईरहेकोछ । सरकार र माओवादी विच एक अर्कालाई शान्ती र संविधानको विरोधी भएको आरोपप्रत्यारोपको श्रृंखलामा मात्र नेपाली राष्टिूय राजनीति केन्द्रीत भईरहेकोछ । माओवादीले राष्टिूय स्वाधिनतानागरिक सर्वोच्चताशान्तीनयाू जनमुखी संविधान र राष्टिूय सहमतीको सरकार लगायतका पाूच ुसु को माग राखि सडक देखि सदन र गाऊदेखि शहरसम्म आन्दोलन गरिरहेकोछ । उता सरकार भने विदेशी शक्ति केन्द्रको आडभरोसामा माओवादीको मागहरुको विषयमा छलफल गर्न एकरत्ती पनि तयार भएको देखिदैन । वरु उल्टै सरकारको जिम्मेवार मन्त्रीहरुले विगतमा भए गरेका विभिन्न सम्झौताहरु विपरित ठाडो अभिव्यक्तिहरु दिदै युद्धको लागि भिडछौ भने आईहाल भन्दै पाखुरा सुर्कीएर वुरुकवुरुक उफ्रीदै माओवादीलाई उत्तेजित पारीरहेकोछ अनि फेरी भन्छ सरकार शान्ती प्रक्रीया प्रति पूर्ण प्रतिवद्धछ ।
यक्ष प्रश्नहरु एकपछि अर्को गरेर उठीरहेकाछन । आखीर माओवादी पनि शान्ती र संविधान लेख्ने पक्षमा कांग्रेसएमाले गठवन्धन सरकार पनि शान्ती र संविधानको पक्षमा भएपछि त समस्यानै नआउनु पर्ने होईन र को चाूही होत अशान्ती चाहने वा नयाू संविधान नचाहनेजनता भ्रम र अन्यौलमा रुमालीरहेकाछन । यस्तो अन्यौलतालाई चाूडो भन्दा चाूडो पहिचान नगरे धमीलो पानीमा माछा मार्ने जलारीहरु हावी हुने निश्चीतछ । साूचो अर्थमा वास्तविकता पहिल्याउने हो भने अलि गहिराईमा गएर राजनीतिक अध्ययन गर्नै पर्ने हुन्छ । अन्यथा सतही वुझाईवाटमात्र जनताको असली दुश्मन ठम्याउन संभव छैन । किनभने सवैले शान्ती प्रक्रीया प्रति प्रतिवद्ध छौं संविधान लेख्ने कार्यमा पूर्णरुपमा लागिरहेकाछौं अनि जनताको जनजीविकाका सवालमा पूर्ण समर्पित छौं भनेर विगतदेखिनै भन्दै आएकै विषय हो । तर यदी सवै शान्तीजनजीविका र संविधान लेखन प्रति प्रतिवद्ध भएको भए यस्तो चरम विवाद पक्कै आउने थिएन । सवैले शान्ती र संविधान भनेर फलाक्दाफलाक्दै पनि त्यसको पक्रीया अघि वढन नसक्नु पछाडि कुनै एउटा पक्षको नक्कली र आडम्वरी भनाईमात्र हो भनेर खुटयाउन सक्नु नै यतीखेरको राजनीतिक अन्यौलताको अन्त गर्ने कडी हो ।
मूलतः प्रतिक्रीयावादी सरकार र माओवादी विचको वर्तमान टकराव र मुठभेड भनेको सारतः दार्शनिक शव्दमा वर्ग संघर्ष कै असली अभ्यास हो । दृष्टिूकोण र विचारमा रहेको आकाशधर्ती अन्तर कै उपज हो । यसलाई व्यवहारिक्ताको कसीमा परिक्षण गर्दा असलीरुपमा शान्ती र संविधान निर्माणको पक्ष र विपक्ष विचको द्वन्द हो । साथै यतीखेर नेपाली राजनीतिक आकाशमा उडीरहेको परिवर्तनकारी राजनीतिक एजेण्डाहरु जन्माउने र नजन्माउने विचको लुछाचुूडी पनि हो । यसको अलवा नेपाली श्रमजीवि किसानमजदुर वर्गलाई माया गर्ने र किसानमजदुरको नामवाट अभिजात वर्गीय शासनसत्ता टिकाउन चाहने तत्वहरु विचको अन्तरविरोध नै राजनीतिक गत्यावरोधको मूल कारण हो । त्यतीमात्र होईन लुक्लानाम्चेवजार र कालापत्थर हुूदै सगरमाथाको शीखरमा नेपाली जनतालाई पुर् याएर चरम सुखानुभुती दिलाउने शक्ति र सगरमाथा पुर् याउने वाहनामा भैरहवा सुनौली र गोरखपुर हुूदै दक्षिण दिल्ली दरवार पुर् याउने तत्वहरु विचमा रहेको गन्तव्यस्थल र वाटो फरक हुनु सवैभन्दा महत्वपूर्ण कारण हो । स्वाधिन नेपाल निर्माण गर्न चाहने राष्टूवादी र विदेश परस्त आत्मसमर्पणवादी विचको कित्ताकाट हो । साथै जनता पूर्णरुपमा अधिकार सम्पन्न भई एक सवल नागरिक भएर जिऊदा आनन्द र विजयको अनुभुती गर्ने राजनीतिक शक्ति र जनता केही वाठो र सचेत भयो भने आफ्नो अभिजात वर्गीय सत्तामा आूच आउन सक्छ भनेर त्राही त्राही सहितको ईष्या राख्ने जनविरोधी तत्वहरु विचको चिन्तनमा रहेको आधारभूत अन्तर नै वर्तमान भुठभेड र असहमतीको मूल कारण हो भन्दा अत्युक्ति नहोला ।
झारपातलाई पनि थाहा छ की राष्टूपतीले कटवाल प्रकरणमा भारतीय ईशारामा चालेको असंवैधानिक कदम पछि नै सहमतीको राजनीतिमा असहमतीको गाूठो पारीएको हो । यादवले मध्यरातमा संविधान विपरित सैन्यफासीवादी शैलीमा उक्त कदम चाल्नुभन्दा संवैधानिक र लोकतान्त्रीक प्रक्रीया अप्नाई दिएको भए नत यतीखेर माओवादीलाई जनताको अधिकार रक्षाको लागि आन्दोलन गर्नुपर्ने कारण र औचित्य प्राप्त हुने थियो नत कांग्रेस एमालेलाई शान्ती र संविधान निर्माणको प्रक्रीया माओवादीले भाूडयो भनेर चिच्याउने वाहना नै जुर्ने थियो । पाूच वर्ष अघि १२ वुूदेवाट शुरु भएको शान्ती र सहमतीय राजनीति राष्टूपतिको कदम पछि एकाएक धराशायीमात्र वनाएन त्यसले राजनीतिक ध्रुवीकरणलाई राम्रैसूग मलजल प्रदान गर्न पुग्यो । हुनत यसअघि अन्तरिम संविधानलाई संशोधन गरी राष्टूपति निर्वाचन र सरकार गठन प्रक्रीयामा कांग्रेस एमाले कै जोडमा बहुमतीय प्रणालीमा जाने कसरत गरे यता नै वास्तवमा सहमतीको राजनीति समाप्त भईसकेको थियो । तर यो वास्तविकता सवैले नवुझेको हुनाले यथास्थितिवादी दलहरुलाई अझैसम्म पनि राजनीतिक भ्रम छर्नु सजीलो मात्र छैनमाओवादीलाई दोष थोपरेर आफु लुक्ने ओडार मिलेकोछ । सहमतीय राजनीतिको अन्त गरी सिद्धान्ततः मुठभेडको अवस्था निम्त्याउने जिम्मेवार दल भनेको भारतीय ईशारामा साचालित कांग्रेस एमाले जस्ता यथास्थितिवादी र प्रतिक्रीयावादी तत्वहरु नै हुन । उनीहरुले सहमतीको लागि वस्नको त के टेक्ने ठाऊसम्म पनि नदिएपछि वाध्य भएर तोडनु परेको सहमती र छेडनु परेको चरणवद्ध आन्दोलन ५२ सालमा जनयुद्ध शंखघोष गर्दा कै स्वर र शैलीको विरोधको वावजुत पनि सफल हुनेमा कुनै शंका छैन । समाज परिवर्तन गर्ने विज्ञानको मूल कर्म नै वर्गसंघर्ष मात्र हो ।
त्यसोत अहिले पछिल्लो चरणमा कठपुतली गठवन्धन सरकार वाहीरवाहीर शान्ती र संविधान निर्माणको कुरा गरेपनि माओवादीले शान्ती र संविधान चाूहदैन भनेर जतीनै प्रचार गरेपनि सारतः उनीहरुलाई भनेजस्तो र सोूचेजस्तो भएकोछ । किनकी यस्तै अवसरघटना र मुद्धाहरुमा आफ्नो स्वार्थ लुटने दाउ अभिजात वर्गीय चरित्र नै हो । माओवादीले आन्दोलन मात्र होईन युद्धै शुरु गरे हुन्थ्यो भन्ने नीयत प्रष्ट देखिन्छ । घर जग्घा कव्जा मात्र होईन मान्छे नै अपहरण गरी हत्या गर्न थाले हुन्थ्यो तव सेना र वन्दुकको वलमा निर्मम र नांगो दमन गर्दै कमीशनमा कमाउने धन्दा फस्टाउने थियो भन्ने उनीहरुको गजवको दाउ वुझ्न त्यती गारो छैन । आफु शान्ती प्रक्रीया विरोधी अभिव्यक्ति दिदै हिडने वृहत शान्ती सम्झौताको मूल मर्म र भावनालाई कुल्चने अनि माओवादीले शान्ती र संविधान चाहेको छैन भनेर जनतामा भ्रम र षडयन्त्र वुनेर राज गर्ने यो कस्तो नीच र घीनलाग्दो रवैया हो जनताले यस्तो हर्कतको पर्दाफास गर्नै पर्ने हुन्छ ।
पछिल्लो समयमा आएर दक्षिण तर्फको ठुलो भाईद्वारा नियुक्त नेपालका प्रधानमन्त्रीरक्षा मन्त्री लगायतका अन्य सेनाका जर्नेलहरुले वृहत शान्ती सम्झौता विपरित ठाडो अभिव्यक्ति दिनु भनेको उनीहरु म्ाओवादीलाई उत्तेजीत पारेर चाूडो भन्दा चाूडो युद्ध थाले हुन्थ्यो भन्ने नीयत वोकेको प्रष्टछ । दुश्मनको यस्तो रणनीतिलाई माओवादीले समयमा नै वुझ्नु अनिवार्य देखिन्छ । सरकारका जिम्मेवार पदाधिकारीहरुवाट जनमूक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्न हुूदैन भन्ने अभिव्यक्ति आईरहदा भारतीय सेना प्रमुख दिपक कपूरले पनि स्वरमा स्वर मिलाउनु लाई संयोग मात्र नभएर शान्ती प्रक्रीया भाूडने र नेपाली राष्टिूय स्वाििधनता माथिको गम्भीर हस्तक्षेपपूर्ण षडयन्त्रको रणनीतिक योजनाको भनाई हो । प्रधानमन्त्री नेपालले माओवादीलाई श्रीलंकाको लीट्टे वनाउने अभिव्यक्ति देखि रक्षा मन्त्री विद्या भण्डारीको जनसेनालाई नेपाली सेनामा एकजना पनि समायोजन गर्न सकिन्नसेना समायोजन विशेष समितिको कुनैपनि औचित्य छैन र त्यसको कुनै पनि निर्णय मान्न आफु तयार नरहेको अनि भारतवाट हालै मात्र एक सयवटा सैनिक गाडी लगायत ठूलो मात्रामा भित्र्याईएको युद्ध सामग्रीसेनामा नयाू भर्नाको घोषणाअदालत र युएन ले गम्भीर मानवअधिकार उल्लंघनको घटनामा दोषी ठहर् याएका तोरण वहादुर िसंलाई वढुवा गर्नु र मैना सुनुवारको हत्यारा नीराजन वस्नेतलाई कारवाही गर्नुको सट्टा निर्दोष छ भनेर वचाउ गर्नु अनि शान्ती सम्झौता पुनरावलोकन गर्नु पर्ने जस्ता शान्ती सम्झौता विरोधी विवास्पद अभिव्यक्तिहरु समग्रमा शान्ती र नयाू जनमुखी संविधान निर्माणको जनप्रीय एजेण्डा भित्र मूलुकलाई भिषण युद्धमा फर्काउने षडयन्त्रको रिहर्षलहरु हुन ।
हुूदा-हुूदा अव त यस्तो भईसक्यो की माओवादी इत्तरका दलहरुले जेजे गरेपनि भने पनि भारतको आशीरवात रहेसम्म ठिक हुने वरु उल्टै माओवादीले गरेको र भनेको भन्दै शान्ती र संविधानको पक्षमा भएको ढवाङ पीटाउन पछि परेका छैनन । उनीहरुले माओवादी विरुद्ध गुण्डागर्दी शैलीमा हत्या र आतंक मच्चाऊदा शान्ती प्रक्रीया विरुद्ध नहुने तर माओवादीको भने कैयौं जायज माग उठाऊदा समेत सम्वोधन गर्नुको साटो एकोहोरो विरोध गर्नु रणनीतिक चालावाजी नै हो । जेहोस सरकार शान्ती र संविधान प्रति प्रतिवद्धछ की माओवादी भविष्यले अवश्य नै अन्तीम फैसला गर्ने नै छ । भारतीय दलाल एवं एजेण्ट वाहेकका आम स्वाभिमानी जनतालाई पनि राम्ररी नै थाहाछ र उनीहरु भनीरहेकाछन हामीलाई राष्टिूय स्वाधिनतानागरिक सर्वोच्चता श्रमजीवि जनताको जनजीविकाको पूर्ण ग्यारण्टी सहीतको दिगो शान्ती र जनताको वर्गीय जातीय लिङगीय क्षेत्रीय उत्पीडनहरुको अन्त भएको संघीय र समावेशी शासन प्रणालीको स्पष्ट प्रत्याभुती दिने नयाू जनमुखी संविधान चाहीएकोछतर युद्धआतंकगृहयुद्ध र अशान्ती होईन नत विदेशी शासकहरुको हस्तक्षेप नै ।
 

Design by Anish Bhattarai